images
images

बुधवार , २०७६ फाल्गुण  १४ ( Wednesday , 2020 Feb 26 )

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

अर्थ डेली

प्रकाशित: २०७६-११-२ गते

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा-आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- कसैलाई भने   परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855