images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

बजेट: राजस्वको लक्ष्य घटेपनि घटेन आर्थिक बृद्धिको लक्ष्य

अर्थ डेली

प्रकाशित: २०७६-११-५ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको बजेट १० प्रतिशतले घटाए भने राजस्वको लक्ष्य पनि घटाएका छन् । अर्थ मन्त्रालयमा बुधबार अर्धवार्षिक समीक्षा गर्दै उनले १० प्रतिशत बजेट घटाएका हुन्। तर अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य भने संशोधन गरेनन्। सरकारले चालू आर्थिक वर्षको मध्यमा आएर १५ खर्ब ३२ अर्ब रुपैयाँबाट झारेर १३ खर्ब ८५ अर्बमा ल्याएका छन् भने राजस्वको लक्ष्य चालू वर्षको बजेटमा ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रहेकोमा त्यसलाई घटाएर ९ खर्ब ३७ अर्ब ९६ करोड रुपैयाँ राखेका छन् ।

आयातमा आएको कमीका कारण भन्सार राजस्वमा कमी आउने र त्यसले सोझै राजस्व संकलनमा असर पर्ने भएपछि सरकारले राजस्वको लक्ष्य नै घटाएको हो । त्यस्तै मदिराजन्य उत्पादनमा कमी आएको र पेय पदार्थको आयातमा रोक लगाइएका कारण अन्तःशुल्कमा पनि कमी आइरहेको छ त्यसले पनि रावस्वमा नकारात्मक असर गर्दछ । राजस्वको लक्ष्य नभेटिने भएपछि मन्त्री खतिवडाले लक्ष्य घटाएका हुन् । सरकारले मध्यवधि समिक्षा मार्फत वैदेशिक अनुदान र ऋणको लक्ष्य पनि घटाइएको छ। बजेटमा सरकारले वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख र ऋण २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख राखेको थियो।

वैदेशिक ऋण र अनुदान रकम पनि घटाइएको हो। संशोधित लक्ष्यअनुसार वैदेशिक अनुदान ४३ अर्ब ५५ करोड ४६ लाख र ऋण २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ राखिएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले शंशोधित बजेट अन्तर्गत चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख, पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख र वित्तिय व्यवसथपन तर्फ १ खर्ब ५४ खर्ब ६९ करोड १ लाख रुपैयाँ अर्थात् पुँजीगत खर्च ८० प्रतिशत, कुल खर्च ९० प्रतिशत र राजस्व संकलन ९०.५ प्रतिशत हुने प्रक्षेपण गरेका छन्।

अर्थमन्त्री डा.खतिवडाले बजेट कार्यान्वयनका लागि सरकारले बाँकी रहेको बजेट बाँडफाँड २०७६ फागुन मसान्तभित्र निर्णय गरी सक्ने, २०७६ फागुन मसान्तभित्र बाँकी रहेको ठेक्का सम्झौता सम्पन्न गरी कार्यादेश दिने यदी सो नगरेमा बजेट समर्पण गर्नुपर्ने जानकारी दिए । त्यसतै उनले सवारीसाधनको स्पष्ट मापदन्ड बनाइने, अधुरा आयोजनालाई पर्याप्त रकम विनियोजन गर्ने लगायतका काम गर्ने बताए ।

बजेटको आकार र राजस्वको लक्ष्य घटाएपनि सरकारले राजस्वको लक्ष्य भने घटाएको छैन । बजेटको आकार र पुँजीगत खर्चको लक्ष्यसँग नै आर्थिक बृद्धि हुने हो ति दुवै घटाएपनि आथिृक बृद्धिदरको लक्ष्य किन नघटाएको भन्ने प्रश्न भने अझै खडा भइरहेको छ । तर अर्थमन्त्री डा. खतिवडाले बुधकारको मध्यावधि समिक्षामा भने सो बजेटले ८.६को आर्थिक बृद्धिदरको सरकारले राखेको लक्ष्यको नजिक पुग्ने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855