images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

नेकपा काठमाडौं युवा संगठनका संयोजक तामाङको युवतीसंग मस्ति, श्रीमतीलाई सास्ती !

अर्थ डेली

प्रकाशित: २०७६-११-६ गते

कम्युनिस्टहरुको भाषामा कुनैपनि अबैध यौन गतिविधिमा संलग्न भएकाहरुलाई सांस्कृतिक विचलन भनिन्छ । अझ विशेषगरी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएकाहरुले त यसलाई ठुलै अपराधको रुपमा लिने गरेको पाइन्छ ।

 

पछिल्लो चरण भने माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएकाहरुबाट  यसको ठिक उल्टो हुँदै गएको छ । जनयुद्धकै जगमा स्थापित बरिस्ठ  नेताहरुदेखि तल्लो लेबलको कार्यकर्ताहरुसम्म उनीहरुकै भाषामा सांस्कृतिक विचलनमा अगाडि देखिन्छन् ।

 

सभामुख कृष्णबहादुर महराको यौन काण्ड नसेलाउदै नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला सदस्य एवं युवा संगठन काठमाडौंका संयोजक  मन बहादुर तामाङ (शिशिर) को प्रेम लिला बाहिर आएको छ । केही वर्ष पहिले निज शिशिर तामाङ आफ्नै कार्यकर्ताको श्रीमतीसंग हिडेको घटना बाहिर सार्वजनिक भएपछि उक्त कार्यकर्ताको सम्बन्ध बिच्छेद समेत  भएको  थियो। 

 

विगत लामो समय देखि रमिता (नाम परिवर्तन) नाम गरेको एक महिलासंग लिभिङ टुगेदर बस्दै आइरहेका  शिशिर तामाङले घरमा आफ्नो श्रीमतीलाई भने पटक-पटक निर्घात कुटपिट गर्दै आइरहेका  छन् । उनले आफ्नी श्रीमतीलाई अत्यधिक टचर समेत दिने गरेको श्रोतले बताएको छ ।

 

गत साउन २१ गते राति मदिरा सेवन गरि आएका शिशिरले एक्कासि आफ्नो जीवन संगीनि माथि अन्धादुन्ध प्रहार गर्दा आँखामा गम्भीर चोट लागेपछि उपचारका लागि हस्पिटल लगिएको थियो । उनले आफ्नी  जीवन संगिनीलाई पटक-पटक सम्बन्ध बिच्छेद गर्न दवाव दिइरहेका छन् ।

रिपोर्ट हेर्नुहोस् 

84698133_127140568597038_6448810175657672704_n.jpg

 

पीडितको भनाइ अनुसार तामाङले उनलाई विगत १२-१५ वर्षदेखि  निरन्तर कुटपिट गर्दै आएको तर पनि पतिको इज्जत र बालबच्चाहरुको भविष्य हेरेर यस्तो पीडा सहदै आएको  बताइन् । धेरै पटक घरबाट निकाला गर्ने देखि गम्भीर हुनेसम्म कुटपिट गर्दै आएको तामाङले त्यो बेला खुकुरी निकालेर काट्न खोजेपछि पीडित श्रीमती बाँच्नको लागि  घर छोडेर चक्रपथमा आफन्त कहाँ आएपछि सबै कुरा बाहिर खुलासा भएको थियो ।

 

जनयुद्धको क्रममा केही समय युद्धमा हिडेका तामाङ पार्टी छोडेर गाउँमै खेतिकिसान गरेर बस्थे । युद्धविराम पछि पुनः पार्टीमा जोडीएका तामाङ काठमाडौं क्षेत्र नं.५ का वाइसीएल अध्यक्ष हुँदै काठमाडौं जिल्लाको वाइसीएल अध्यक्ष, हाल नेकपाका युवा संगठन काठमाडौंको जिल्ला संयोजक पदमा रहेर काम गरिरहेका छन् ।

 

गाउँमा साधारण खेतिकिसानको जीवन बिताइरहेका तामाङ वाइसीएल नेता भएपछि पार्टी र राजनीतिको आँटमा गुन्डागर्दी गरेर अथाह सम्पत्ति समेत जोडिसकेको खवर प्राप्त भएको छ । निज तामाङको हाल काठमाडौं टोखामा ४ करोड बराबरको  १८ अनाको जग्गामा  दुईतलाको घर लगायत  विभिन्न ठाउमा करोडौंको सम्पत्ति रहेको समेत स्रोतले जानकारी दिएको छ ।

 

आजभन्दा ६-७ वर्ष अगाडिसम्म कोठा भाडा तिर्न पैसा नहुने शिशिर तामाङसंग हाल करोडौंको सम्पत्ति कहाँबाट  आयो छिमेकीहरु समेत अनविज्ञ छन् । छिमेकी कै एक व्यक्तिको भनाइ अनुसार केही महिना अगाडि निज तामाङले एक स्थानीय नेवार समुदायका महिलालाई बोक्सी भन्दै पिटेपछि प्रहरीले पक्राउ गरेको र  चालिस हजार  धरौटी बुझाएर निस्केको बताए ।

 

 

राजनीतिमा उच्च पहुँच भएकै कारण प्रहरीले पटक-पटक पक्राउ गर्दै छाड्दै आइरहेका तामाङको १५ वर्षको छोरा र १२ वर्षको छोरी समेत छन । निज तामाङसंग एक लाइसेन्स प्राप्त हतियार समेत रहेको र घरमा  आउदा उक्त हतियार देखाइ आफ्नो जीवन संगिनीलाई सम्बन्ध बिच्छेदको कागजमा हस्तक्षर नगरे मारिदिने धम्की समेत पटक पटक दिदै आएको जानकारी श्रोतबाट  प्राप्त भएको छ । उनले लाइसेन्स प्राप्त हतियार किन र के प्रयोजनका लिएका  थिए त्यो भने जानकारी हुन नसकेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855