images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

सीमा विवादमा पूर्व सांसद मञ्चको अन्तरक्रिया

अर्थ डेली

प्रकाशित: २०७६-११-६ गते

सीमा विवादका बारेमा पूर्व सांसद मञ्चले आज अन्तरक्रिया गरेको छ । सिंहदरवारस्थित कार्यालयमा मञ्चले ‘नेपाल भारत सीमा समस्या र समाधान विषयक अन्तरक्रिया’ मा विज्ञहरुसँग छलफल गरेको हो । सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले नेपालको सीमाको आधिकारिक दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्ने क्रममा नेपालको सीमाबारे पनि उल्लेख गर्न सुझाव दिनुभयो ।

पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले भारतले नयाँ नक्सा सार्वजनिक गरेर आधिकारिक रुपमा हस्तक्षेप गर्न सुरु गरेको बताउनुभयो । उहाँले सीमा विवादमा नेपाल सरकार गम्भीर नभएको पनि आरोप लगाउनुभयो । आफू भारतका लागि नेपाली राजदुत हुँदा सीमा विवाद समाधानका लागि केही पहल गरेको पनि दावी गर्नुभयो । भारतले पछिल्लो समयमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको रहेको दावी गरेको छ ।

नेपाल सरकारका पूर्व सचिव द्धारिकानाथ ढुंगेलले सरकारको कमजोरीका कारण यो समस्या आएको बताउनुभयो । ‘जनता तातिरहेका छन् तर सरकारलाई यो पीँडाले छोएको छैन, योभन्दा अरु दुर्भाग्य केही हुन सक्दैन ’ढुंगेलले भन्नुभयो । ढुंगेलले सरकारले सीमा विषयमा विज्ञसँग छलफल नगरेकामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा भैरव रिसालले सरकारको सक्रियता नभएकाले समस्या दिनैपिच्छे गम्भीर बन्दै गएको टिप्पणी गर्नुभयो । २०५७ सालमा स्थापित मञ्चले समसामयिक विषयमा अन्तरक्रिया र विचार गोष्ठी गर्दै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855