images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं : प्रधानमन्त्री ओली

अर्थ डेली

प्रकाशित: २०७६-११-७ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा अगाडि बढेको बताएका छन्।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सिम्बोधन गर्दै प्रधानमनत्री ओलीले नेपालले मौलिक विधि अपनाएर द्वन्द्वको व्यवस्थापन गरेको बताएका छन ।

उनले आफ्ना समस्याको हाल आफैँ गर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको क्षमता प्रदर्शित भएको बताएका छन। ‘आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैं हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ’, उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं।’

प्रधानमन्त्री ओलीले यसबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिष्ठा र गरिमा बढेको दावी गरेका छन।

प्रधानमन्त्री ओलीले सरकारको समृद्धिको यात्रालाई रोक्न प्रयास भइरहेको बताउँदै सरकारले त्यसलाई परास्त गरेर अगाडि बढ्ने बताएका छन। उनले देश बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको बताएका छन।

‘देशलाई बदल्ने अठोटसाथ अघि बढ्दै गर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ। तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ– विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान गर्ने। यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं।’

उनले लोकतान्त्रिक प्रणालीलाई दशकौंको समय लगाएर सुदृढ गरेका र विकासमा सयौं वर्ष लगानी गरेका मुलुकहरूसँग तुलना गर्ने प्रगति नेपालले गर्न नसके पनि त्यसको थालनी भइसकेको र त्यो तीव्र रुपमा अगाडि बढेको बताएका छन।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855