images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

रेड पाण्डाको छालासहित चार जना पक्राउ

अर्थ डेली

प्रकाशित: २०७६-११-१३ गते

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।

दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसारमा संलग्न भएका सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङलाई पक्राउ गरेको हो।

उनीहरुलाई काठमाडौंको बूढानीलकण्ठ १२ कपन, खरीबोटबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट कालो रंगको ब्यागभित्र निलो प्लाष्टिकमा बेरिएको अवस्थामा १ थाना रेड पाण्डाको छाला फेला परेको प्रहरीले जनाएको छ। चारै जनालाई प्रहरीले जिल्ला वन कार्यालय हात्तीसार पठाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855