images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

प्रधानमन्त्रीको जन्मोत्सवले २०६०–६१ सालको राजाको झल्को मेटिएको छ : गगन थापा

अर्थ डेली

प्रकाशित: २०७६-११-१३ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई आँखामा आँखा जुधाएर जवाफ दिनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘संसदमा प्रधानमन्त्रीले डाँडाकाँड घुमेर होइन, तालतलैया हेरर होइन, आँखामा आँखा जुधाएर जवाफ दिनु पर्छ ।’

प्रधानमन्त्रीलाई संसदमा उपस्थिति हुन रुलिङ गर्नु पर्ने उनले माग गरेका छन । सेक्युरिटी प्रेसमा भएको घोटाला बारे थापाले भने, ‘प्रधानमन्त्रीलाई थाहा छैन भनेर कसरी पत्याउने ? यो सेक्युरिटी प्रेसको कुरा मात्रै बाहिर आएको हो । अरु–अरु विषयमा पनि जवाफ दिनुपर्छ। एमसिसीलेबारे तपाईँलाई पार्टीका खाँटी राष्ट्रवादीले तह लगाइ दिएका छन्।’

उनले प्रधानमन्त्रीको जन्मउत्सवबारे भने, ‘जन्मदिनबारे जनता के भन्दैछन्, थाहा छ ? २०६०–६१ सालको राजाको झल्को मेटिएको छ। प्रधानमन्त्री ओेली वरिपरी रहेकाहरुले राजाका भारदारीको झल्को भेटाएका छन्।’

यस्तै नेकपाका सांसद भीम रावलले भने, ‘जो सुकैले भ्रष्टाचार गरे पनि कारबाही हुनुपर्छ। आयोगले छानबिन गर्नुपर्छ। म सम्बद्ध दल पनि यसमा मुछिएको छ। यसबारे छानबिन होस्। सरकार पनि यसमा प्रतिबद्ध छ भन्ने मेरो विश्वास छ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855