images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

प्रतिनिधी सभा बैठकबाट तीन विधेयक पारित

अर्थ डेली

प्रकाशित: २०७६-११-१४ गते

काठमाडौँ । प्रतिनिधीसभाको आजको बैठकले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५, बीउबिजन दोस्रो संशोधन विधेयक २०७६ र विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६ लाई पारित गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गरेको बीउबिजन दोस्रो संशोधन विधेयक २०७६ र विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६ लाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

यसैगरी बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन बिधेयक २०७६ माथी बिचार गरियोस् भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा अर्थ समितीका सभापति कृष्णप्रसाद दाहालले नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक सम्बन्धी समितीको प्रतिवेदन २०७६ र शिक्षा तथा स्वास्थ्य समितीका सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकुद बिकास विधेयक सम्बन्धी समितीको प्रतिवेदन २०७६ पेश गरेका छन ।

यसअघि प्रतिनिधी सभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचारका कसुरमा छानबीन समिती नै गठन गरेर भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन, लिम्पियाधुरा,लिपुलेक,कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकृष्ट गराएका छन ।

सांसदहरुले पूर्ब संचारमन्त्री गोकुल प्रसाद बासकोटाको ७० करोड कमिसन मांगेको भिडियो संबादका बिषयमा प्रधानमन्त्रीले संसदलाई स्पष्ट पानुपर्ने मांग गरेका छन ।

बैठकमा सांसदहरुले जातिपातिका आधारमा अझैपनि दलितले डेरा पाउन कठिन भईरहको भन्दै त्यस्तो जातीय बिभेद गर्ने घरधनीलाई कारवाही गर्न,काठमाडौंको जाम र गाडीभित्रको जामका बारेमा ध्यान दिन आग्रह गरेका छन ।

सांसदहरुले फागुन १३ गतेको प्रतिनिधी सभाको बैठक सुरु भईसकेर पनि गणपुरक संख्या नपुगी स्थगित गर्नुपरेको सन्दर्भ उल्लेख गर्दै संसदमा आउने तर नबस्ने सांसदको रेकर्ड राख्न मांग गरेका छन ।

बैठकमा सभामुखसंग बिशेष समय लिएर बोल्दै पूर्ब प्रधानमन्त्री एवं सांसद डा.बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले त्यतिबेला मातातीर्थलगायतका क्षेत्रमा मोहीलाई जग्गा दिएको हो,त्यो नियमानुसार दिईएको होभनी प्रष्ट पारेका छन।

पूर्ब प्रधानमन्त्री डा. भट्टराईले अहिले भने सरकारले खोस्दा उनीहरुमा अन्यौल र चिन्ता रहेकोले त्यसतर्फ सरकार स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन ।

पूर्ब प्रधानमन्त्री डा. भट्टराईले संविधान संशोधन कसैलाई प्रधानमन्त्री बनाउन मात्र नभई जनताबाट निर्बाचित कार्यकारी बनाउनकालागि गरौं भनी आग्रह गरेका छन ।

प्रतिनिधीसभाको अर्को बैठक भोली फागुन १५ गते बिहिबार दिनको १ः०० बजे बस्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855