images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

अर्थ डेली

प्रकाशित: २०७६-११-१५ गते

मेष

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

 

बृष

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

 

मिथुन

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।

 

कर्कट

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

 

सिंह

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा समस्या आउला ।

 

कन्या

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

 

तुला

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।

 

बृश्चिक

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

धनु

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

 

मकर

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्यपनि पुरा होला ।

 

कुम्भ

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

 

मीन

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

 

(अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855