images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

सीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी

अर्थ डेली

प्रकाशित: २०७६-११-१५ गते

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको हो।

महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा सो दुर्घटना भएको र दुर्घटनामा महासचिव मैनाली घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन। दुर्घटनमा मैनालीसहित ५ जना घाइते भएको र घाइते मध्ये मैनालीको अवस्था गम्भीर रहेको उनले बताएका छन।

दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

दुर्घटना लगत्तै महासचिव मैनालीसहितका घाइतेहरुलाई उपचारका लागि बर्दिवासमा रहेको जनसेवा अस्पतालमा पु¥याइएको थियो।

‘उहाँको टाउको, निधार छातीमा चोट लागेको देखिएको छ’, प्रजिअ खत्रीले भने, ‘खुट्टा फ्याक्चर भएको छ।’

उनले महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताएका छन।
‘हामीले गृहमनत्रालयसँग अनुरोध गरेर हेलिकोप्टर मगाएका छौँ, हेलिकोप्टर आउँदै छ’, उनले भने, ‘उहाँलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855