images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

महिला लिग चैत ३ देखि

अर्थ डेली

प्रकाशित: २०७६-११-१६ गते

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आगामी चैत पहिलो साता सुरु हुने भएको छ। लिग चैत ३ देखि १४ गतेसम्म हुने अखिल नेपाल फुटबल संघ महिला कमिटी अध्यक्ष पेमा लामाले जानकारी दिएकी हुन्।

यसअघि फागुन अन्तिम साताबाट सुरु गर्ने भनिए पनि प्राविधिक कारण चैतको पहिलो साता सुरु गर्न लागिएको हो।

प्रतियोगिता चैत पहिलो साताबाट गर्ने भनिए पनि स्थानको भने टुंगो नलागेको एन्फा प्रवक्ता किरण राईले बताएका छन।

उनले भने, ‘विराटनगर, धरान र उदयपुर कहाँ गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।’

महिला लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी नगरपालिकासहित चन्द्रपुर, वालिङ, विराटनगर, चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्। महिला लिग राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ।

पहिला क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्दै आएको लिगमा अहिले नगरपालिकाका टोलीलाई समावेश गरिएको हो। ६ महिना गर्ने भनेको लिग ३ चरणमा हुनेछ। विभागीय टोलीले ४२ खेल खेल्दा अन्य टोलीले ९१ वटा खेल खेल्नेछन्।

विजेता टोलीले १५ लाख रुपैयाँ, उपविजेताले आठ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855