images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

नेपथ्यले आज भृकुटीमण्डपमा कन्सर्ट गर्दै

अर्थ डेली

प्रकाशित: २०७६-११-१७ गते

काठमाडौं । लोकप्रिय सांगितिक समूह नेपथ्यले आज काठमाडौंमा कन्सर्ट गर्दैछ। भूकम्पले क्षतिग्रस्त दोलखाको एक सरकारी विद्यालय भवन निर्माणका लागि सहयोगार्थ कन्सर्ट गर्न लागिएको आयोजक हेल्प नेपाल नेटवर्कले जनाएको छ।

कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि पठाइने ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले बताएका छन। २०७२ सालको महाभूकम्पका बेला ब्याण्डले प्रधानमन्त्री राहत कोषमा विभिन्न कन्सर्टबाट संकलित झण्डै चालिस लाख रुपैयाँ सहयोग गरेको र अहिले पनि विद्यालय भवन निर्माणमा सहयोग गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन।

दोलखाको राजकुलेश्वर विद्यालय पुनर्निर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक सुरुवात भए पनि अझै निर्माण सम्पन्न भएको छैन। यो विद्यालय भवन बनेपछि ३०० जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउनेछन्। आधारभूत सुविधाहरु सम्पन्न विद्यालय भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ। शिक्षाका लागि संगीत शीर्षक दिएर आज गर्न लागिएको नेपथ्यको कन्सर्ट साँझ ६ बजे भृकुटी मण्डपमा सुरु हुने आयोजकले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855