images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

धेरै तनावमा दीपिका ? कारण यस्तो !

अर्थ डेली

प्रकाशित: २०७६-११-१८ गते

लगनगाँठो कसेपछि अभिनेत्रीको फिल्मी करिअर ध्वस्त हुन्छ भन्ने गरिन्छ । विवाहपछि फ्यान फलोइङ घट्ने सोचाइका कारण उनीहरुलाई फिल्ममा लिन हत्तपत्त निर्मातारनिर्देशक तयार हुँदैनन् । विवाह अगाडि फिल्मका लागि पहिलो रोजाइ हुने अभिनेत्रीहरु विवाहपछि विकल्प बन्न थाल्छन् । विवाहपछि कामविहीन भएर विदेश पलायन भएका यहाँ कयैन् नेपाली अभिनेत्रीहरु छन् ।

यसकारण पनि प्रायः अभिनेत्रीहरु विवाहपछि करिअर थामिने डरले घरजम बसाउन हतार गर्दैनन् । अभिनेत्री दीपिका प्रसाईंले भने करिअरको उचाइमा रहँदा निर्देशक दीवाकर भट्टराईसँग लगनगाँठो कसिन्, यसै वर्षको बैशाख २४ गते । आफ्नै श्रीमान् दीवाकरले निर्देशन गरेको फिल्म ‘ऐश्वर्य’ बाट सुखद डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ ब्लकबस्टर सावित भयो ।

यो फिल्मको सफलतापछि उनले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । दुई फिल्मपछि नै बैबाहिक जीवनमा बाँधिएर उनले आफ्नो पालुवा हाल्दै गरेको करिअर दाउमा लगाएको भन्दै फिल्म बजारमा चर्चा भएको थियो । विवाहपछि उनी कुनै फिल्ममा आबद्ध नहुनुले यो चर्चा सत्यतामा बदलिएको देखिन्छ । गएको ६ महिनायता उनी कुनै फिल्ममा व्यस्त छैनन् ।

‘छक्का पञ्जा ३’ पछि उनले ‘हेल्ली जिन्दगी’ नामक फिल्ममा काम गरेकी थिइन् । यो फिल्मको छायांकन सकिएको वर्ष दिन हुन लागिसकेको छ । तर, प्रदर्शनमा आउने छाँटकाँट देखिएको छैन । यो फिल्मपछि उनले आफ्नै श्रीमानले निर्माण र निर्देशन गर्ने भनिएको फिल्म ‘तिमीसँगै हुने मन छ’ मा काम गर्ने चर्चा थियो । फिल्ममा अभिनेता पल शाह पनि अनुबन्ध भैसकेका छन् ।

तर, यो फिल्मको कहिलेबाट छायांकन सुरु हुन्छ अझै टुंगो लागेको छैन । बाहिरी ब्यानरबाट फिल्मको अफर नहुनु र घरकै फिल्मको पनि छायांकन सुरु नहुँदा अभिनेत्री दीपिका प्रसाईं अहिले तनावमा रहेको बजारमा चर्चा छ । विवाहपछि उनलाई फिल्ममा लिन फिल्ममेकर आनाकानी गरिरहेका छन् । उता घरको फिल्म कहिले बन्ने अत्तोपत्तो छैन । दीपिकालाई पनि तनावै छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855