images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

ट्वीटरको नयाँ फिचर २४ घण्टापछि ट्वीट आफै हराउने

अर्थ डेली

प्रकाशित: २०७६-११-२२ गते

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरले केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ । ट्वीटरले बुधबारदेखि सो फिचरको परीक्षण सुरु गरेको हो ।

ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ । यो फिचर अन्तर्गत गरिएको ट्वीट फेसबुक, स्न्यापच्याट र इन्स्टाग्राम ‘स्टोरिज’ जस्तै २४ घण्टामा आफै हराउँछ ।

तर यो फिचरले ट्वीटरलाई अरु सामाजिक सञ्जाल जस्तै बनाउने भन्दै प्रयोगकर्ताले विरोध गरिरहेका छन्।

नयाँ फिचरको विरोधमा रहेकाहरुले अहिले #RIPTwitter  ह्यासट्याग प्रयोग गरिरहेका छन् । ट्वीटरले आफ्नो नयाँ फिचर अहिले ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । त्यसकारण सो ह्यासट्याग पनि ब्राजिलमै प्रयोग भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855