images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

कर्मचारीलाई घरैबाट काम गर्न फेसबुक र गुगलको निर्देशन

अर्थ डेली

प्रकाशित: २०७६-११-२३ गते

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी फेसबुक र गुगलले अमेरिकास्थित सान फ्रान्सिस्को शहरका आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ।
कोरोना भाइरसको त्रासपछि बिहीबार फेसबुक र गुगलले घरैबाट काम गर्न निर्देशन दिएको रोयटर्सले जनाएको छ।

ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ।

अमेरिकामा हालसम्म सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855