images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

विश्वचर्चित फुटबलर रोनाल्डोलाई कोरोना संक्रमण भएको आशंका

अर्थ डेली

प्रकाशित: २०७६-११-३० गते

विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । कोरोना संक्रमणको आशंकामा उनलाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना प्रभावित मुलुक इटलीबाट हालै पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो ।

रोनाल्डोले सहकर्मी रुगानीसँग कपडा फेर्ने कोठा प्रयोग गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855