images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

१२ जिल्लाका सीडिओ फेरिए

अर्थ डेली

प्रकाशित: २०७६-१२-२ गते

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे र उदयपुरमा दीपककुमार पहाडी पुगेका छन्।

पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ। कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्मा पुगेका छन्।

अध्यागन विभाग र कारागार व्यवस्थापन विभागका प्रमुख पनि परिवर्तन भएका छन्। गृहले कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेल र अध्यागमनमा रमेशकुमार केसीलाई पठाएको छ। यसअघि कँड‍ेल धनुषा र केसी कास्कीको सीडिओ थिए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855