images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

पोर्चुगलमा एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि,७४ जना नेपाली क्‍वारेन्टाइनमा

अर्थ डेली

प्रकाशित: २०७६-१२-३ गते

लिस्बन । पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको भएको छ। एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको हो। कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए।

आइतबार साँझ उनीहरुलाई इन्सिनो ब्यासीको २-३ सान्टो आन्तोनिऊ फारोमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855