images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकन सम्पन्न

अर्थ डेली

प्रकाशित: २०७६-१२-३ गते

कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकनमा छात्र तर्फ स्मारिका बराल र छात्रा तर्फ क्रिसल बिश्वकर्माले उपाधि जितेका छन् । क्रमस छात्रा तर्फ कृष्टिना मर्हजन पहिलो रनरअफ र आकृति बराल दोस्रो रनरअफ भएका छन् भने त्यसै गरि छात्र तर्फ पहिलो रनर अफमा मिनबहादुर बुढा र दोस्रो रनजअफमा स्वस्तिक सापकोटाले अरु प्रतिस्पर्धिलाई उछिन्न सफल भएका छन् । कलेज आइकनमा छात्र र छात्रा गरि १४ जनाले सहभागिता जनाएका थिए ।

कलेज अफ सेन्ट्रल स्टेटले पठाईका अलवा खेलकूद, नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्कम तथा रचनात्मक क्रियाकलाय गदै आइरहेको छ । उक्त कार्यक्रममा गायन तथा नृत्यको पनि प्रतिस्प्रर्धा भएको थियो । गायन तथा नृत्यमा क्रमश दीया सुवेदी र प्रिया शाहले अरुलाई पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् । गायन तथा नृत्य गरी १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री राजन केसीले कलेज अफ सेन्ट्रल स्टेटले समाजमा पु¥याएको योगदानको कदर गर्दै खुलेर प्रशंसा गरे । साथै नेपाली बिद्यार्थीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो गरी अघि बढेकोमा सन्तोष व्यक्त गरे । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले पढाइका अलवा बिद्यार्थी भाइबहिनीहरुलाई अन्य रचनात्मक क्रियाकलापका समेत कलेजले महत्वपूर्ण योगदान दिइएकोमा कलेज परिवार प्रति गर्व तथा खुशी व्यक्त गरे । स्वागत मन्तव्य दिर्दै प्लस टु प्रोग्रामका डारेक्टर राजन अधिकारीले बिद्यार्र्थाीहरुको चौतफी बिकासमा कलेजले सधै सहयोग गरि अघि बढ्ने कुरा बताए । अझै भविष्यमा बिद्यार्थीहरुको बृद्धि बिकासमा कलेजले महत्वपूर्ण कार्यक्रम ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे । साथमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत ज्ञापन गरे ।

कार्यक्रमका सभापति तथा प्रिन्सिपल रमेश घिमिरेले बिद्यार्थी विना स्कुल तथा कलेजको कुनै पनि कुरा पुरा नहुने उद्घोष गरे । यस कलेजको सान भनेकै बिद्यार्थी रहेको समेत बताए । हामी पहिलो हुने हो, त्यसका लागि बिद्यार्थी बर्गले नै महत्वपूर्ण योगदान दिनु पर्ने र त्यसका लागि कलेज परिवारले सक्ने सहयोग विद्यार्थीलाई सधै गरि रहने बताए । आफू भन्दा पनि राम्रो कलेज तथा विद्यार्थी वर्गको भविष्य उज्वल भएको हेर्ने तिव्र चाहना भएको खुलासा गरे । कलेजको सफलता नै विद्यार्थी र अभिवाभक भएको पनि उद्घोष गरे । कार्यक्रकको दौरानमा सहयोग गर्नु हुने शिक्षकवर्ग, विद्यार्थी, अभिवाभक तथा सम्पूर्ण सहयोगीहरुमा धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा नृत्य, गायन लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । बिद्यार्थीको बृद्धि बिकास र अन्य अतिरिक्त क्रियाकलायमा पनि स्कुल तथा कलेजले महत्वपूर्ण  भूमिका खेल्दै आएको छ । कार्यक्रममा सिसिएस आईकन लगायत नृत्य, गायन तथा बिभिन्न बिद्यामा बिजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि र बिशेष अतिथिका हातबाट सम्मान, पुरस्कार तथा मायाको चिनो वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिमा पूर्व मन्त्री राजन केसी, नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, नेपाल क्यूकिसिन कराँतेका ब्राण्डचिफ अशोककुमार श्रेष्ठ ,गायक भीम तुलाधर, निर्णय श्रेष्ठ, रविन तुलाधर, उरुसा जोशी लगायत समाजसेवी , पत्रकार , शिक्षक तथा बिद्यार्थाीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कायक्रमको सभापतित्व क्याम्पस प्रमुख रमेश घिमिरेले गरेका थिए । पहिलो चरणको कार्यक्रम  रविन श्रेष्ठले संचालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम इभेण्ट आयोजक खगेस रन्जितकारले संचालन गरेका थिए । कार्यक्रम कलेजकै प्राङ्गनमा सम्पन्न भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855