images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

हप्ता दिनका लागि सम्पूर्ण खेल गतिबिधि बन्द गर्ने राखेपको निर्णय

अर्थ डेली

प्रकाशित: २०७६-१२-४ गते

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले तत्कालका लागि १ हप्ताका खेलकुदसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ।

परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले १ हप्ताका लागि खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिबिधि तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधि बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने जनाएको छ। साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855