images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

आज देखि कैदीबन्दी भेट गर्न पूर्णरुपमा रोक

अर्थ डेली

प्रकाशित: २०७६-१२-७ गते

काठमाडौँ । सरकारले शुुक्रबारदेखि कैदीबन्दी भेट गर्न पूर्णरुपमा रोक लगाएको छ।

यसअघि अत्यावश्यक काममा मात्रै आफन्त तथा वकिललाई भेट गर्न दिइएकोमा शुक्रबारदेखि कसैलाई पनि भेट गर्न नदिइने कारागार व्यवस्थापन विभागका सुचना अधिकारी देवर्षी सापकोटाले जानकारी दिएका छन।

शुक्रबार विभागले सबै कारागारमा यस्तो परिपत्र गरेको छ। कारागारभित्रै रहेका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कैदीबन्दीसँग दूरी कायम गर्न भनिएको छ। कारागारभित्र औषधी लगायतका अत्यावश्यक सामग्री लैजााँदा समेत सावधानी अपनाउन भनिएको छ।

करागारमा भ्रमपूर्ण हल्लाबाट सचेत रहन र बच्ने उपायका बारेमा कैदीलाई जानकारी दिन विभागले निर्देशन दिएको छ। विभागको पछिल्लो तथ्यांक अनुसार कारागारमा २५ हजार १ सय ३७ जना कैदी रहेका छन्।

सरकारले गम्भीर अपराध बाहेकका कैदीलाई छाड्ने समेत तयारी थालेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855