images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

आजबाट 'लकडाउन' गर्ने सरकारको तयारी, सरकारले यी २९ बस्तु आपूर्ति सुनिश्चित गर्ने

अर्थ डेली

प्रकाशित: २०७६-१२-७ गते

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। WHO का अनुसार शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर ८७७८ जनाले ज्यान गुमाएका छन्।त्यस्तै यो भाइरस अहिलेसम्म १६९ देशमा फैलिएको छ भने २ लाख नौ हजार ८ सय ३९ संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउन समेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीमा गृहकार्य गरेको छ । कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको सरकारले थप जोखिम नमोल्ने नीति लिएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज साँझ उच्चस्तरीय बैठक बोलाएका छन् ।

पोखरेलले शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए । शुक्रबार साँझ उच्चस्तरीय समन्वय समितिको बैठक राखेर थप निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।भारतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समयका लागि सबै सीमानाका बन्द गर्नेबारे छलफल गरिरहेका छन् ।विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको उच्च स्रोतले जनाएको छ । त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न उपसमिती बनाएर यसमा काम गरिरहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

चामल ,मकै,चिउरा,गहुँ, मैदा र पिठो,दाल ,नून,चिनी,चिया,खानेतेल, घ्यू ,दूध ,तरकारी .सबै प्रकारका मासु,फलफूल ,मसला ,औषधि,कपडा , साबुन,मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धन ,रसायनीक मल,दाउरा तथा कोईला,सिमेन्ट,फलामे छड,कर्कटपाता,जिआई पाईप तथा पोलिथिन पाइप,ईट,काठ,लेख्ने र छाप्ने कागज, कापी, मसी सिसा कलम,न्यूज प्रिन्ट,ह्याण्ड स्यानिटाइजर र मास्क अत्याबश्यक बस्तु भने पाइने छन् र यो सरकारकारले आपूर्ति सुनिश्चित गर्नेछ ।

कोरोना जोखिम फैलन नदिन मानिसको भिडभाड हुने ठाउँलाई कम गरिनेछ भने पच्चिस जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने, स्कुल, कलेज, डान्सबार, जीमखाना, सिनेमा हल जस्ता मानिस धेरै भेला हुने स्थान बन्द गर्ने, सार्वजनिक सवारीमा भिडमा यात्रा वा बन्द नै गर्ने, परिक्षा रोक्ने नीति लकडाउनको रहेको छ । सरकारले पशुपति आर्यघाटमा २५ जनाभन्दा बढी मलामी नआउन भनेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

परिस्थिति प्रतिकुल बन्दै गए यो घेरालाई विस्तारै साघुँरो बनाउँदै अझै सीमिततामा राख्न सरकारले जुनसकै बेला नीति लिन सक्छ । लक डाउन आफैंमा एउटा संकटको अवस्था हो । तर, पनि जीवन यापनका लागि नभई नहुने वस्तुको उपलब्धता हरेक नागरिकका लागि अति आवश्यक हुन्छ । तसर्थ सरकारले उपभोक्ता संरक्षण ऐनले प्रत्यभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्नेछ ।लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोर संकलन, बिजुली जस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाध रुपमा सञ्चालनमा ल्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855