images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

मिस नेपालका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

अर्थ डेली

प्रकाशित: २०७६-१२-७ गते

काठमाडौं । द हिडेन ट्रेजरले मिस नेपालका सबै कार्यक्रम स्थगित गरेको छ। आयोजक संस्था हिडेन ट्रेजरले विज्ञप्ति जारी गर्दै यससम्बन्धी पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेको जनाएको छ।

सरकारले अत्यावश्यकबाहेक अरु बेला घरबाट बाहिर ननिस्किन, २५ जनाभन्दा बढी भेला नहुनलगायतको निर्देशन जारी गरेपछि कार्यक्रम रद्द गरेको उसले जनाएको छ। कार्यक्रमको नयाँ तालिका पछि सार्वजनिक गरिने पनि उसको भनाइ छ।

विश्व महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलिने डरले सरकारले सतर्कताका उपायहरु अवलम्बन गर्न आग्रह गर्दै निर्देशन दिएपछि सबैजसो कार्यक्रमहरु रोकिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855