images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार ६ सय नाघ्यो ? कहाँ कति हेर्नुहोस्!

अर्थ डेली

प्रकाशित: २०७६-१२-१२ गते

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बुधबारसम्म १९ हजार ६०४ व्यक्तिको मृत्यु भएको छ । यो भाइरसबाट ४  लाख ३४  हजार ५९५  जना सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ११  हजार ८५३  जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९५  भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २८१ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार २१८ जना सङ्क्रमित रहेका छन् । ७३ हजार ६५०  व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ८ सय २०  व्यक्तिको मृत्यु भएको छ । हाल ६९  हजार १७६  जना सङक्रमित रहेका छन् । ८  हजार ३ सय २६  व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण २ हजार ७७  व्यक्तिको मृत्यु भएको छ । हाल २७ हजार ०१७ जना सङक्रमित रहेका छन् । ९ हजार ६ सय २५  व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ४ सय ३४  व्यक्तिको मृत्यु भएको छ । हाल ४७ हजार ७ सय १०  जना सङक्रमित रहेका छन् । ५ हजार ३ सय ६३  व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १७२ व्यक्तिको मृत्यु भएको छ । हाल ३४ हजार ९ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ५ सय ५३  उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७८४ व्यक्तिको मृत्यु भएको छ । हाल ५४ हजार ९ सय ४१  जना सङक्रमित छन्  भने, ३८९ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण १ हजार १ सय  जनाको मृत्यु भएको छ । २२ हजार ३ सय ४  सङ्क्रमित रहेका छन् भने ३ हजार २ सय ८१  उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२६ व्यक्तिको मृत्यु भएको छ । ९  हजार १ सय ३७  सङ्क्रमित भएका छन् । ३  हजार ७ सय ३० उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १३५  व्यक्तिको मृत्यु भएको छ । १०  हजार १ सय ७१  सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४२२ व्यक्तिको मृत्यु भएको छ । ८  हजार ७७  सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २७६ व्यक्तिको मृत्यु भएको छ । ५ हजार ५ सय ६०  सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३० व्यक्तिको मृत्यु भएको छ । ५ हजार ४ सय ९४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।download.png

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १७८  व्यक्तिको मृत्यु भएको छ । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १३ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण ब्राजिलमा ४७, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १९, आयरल्याण्डमा ७ , पोल्याण्डमा १२ , ग्रीसमा २०, इन्डोनेसियामा ५८  र फिलिपिन्समा ३८ रहेका छन् ।

हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855