मंगलबार, भाद्र २ गते २०८३
images

सुन्दरा मा.बि. भूपू बिद्यार्थी समाजले गर्यो सम्मान कार्यक्रम ( फोटोफिचर )

  • 6.7K
    SHARES
  • फाल्गुण २५, २०७५ शनिबार

    सुन्दरा मा.बि. भूपू बिद्यार्थी समाजले शनिबार काठमाडौंमा सम्मान कार्यक्रम आयोजना गरेको छ । सुन्दरा मा.बि.नुवाकोट तादी गाउँपालिका वडा न.४ मा रहेको छ । समाजले आफ्नो स्थापना भएको बर्ष दिन पुगेको उपलक्ष्यमा सम्मान कार्यक्रम आयोजना गरेको थियो । उत्त कार्यक्रममा यस बर्ष  सुन्दरा मा.बि.बाट see मा उद्कृष्ट अंक ल्याउने   तिन बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

    यस बर्ष  सुन्दरा मा.बि.बाट उद्कृष्ट अंक ल्याउने  सरोज सुबेदी (gpa ३.३५),उसा मैनाली (gpa ३.१ ) र सरिता तामाङ (gpa २.७५ ) सम्मानित भएका छन् ।कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष समर सिंह तामाङले गरेका थिए भने अथितिहरुमा प्रमुख सल्लाहकार अधिवक्ता रामेश्वर भण्डारी,पुर्व शिक्षक बैकुण्ठ आचार्य, पुर्व शिक्षक प्रेम कुमार शाह, संचारकर्मी गोकर्ण बराल लगायत बिभिन्न पेसामा आवद्द व्यक्तित्वहरु रहेका थिए ।

    सुन्दरा मा.बि. भूपू बिद्यार्थी समाजले पुस्तकालय निर्माणको लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए भने अझ समाजले गर्नुपर्ने कार्यबारे सुझाएका थिए । उत्त कार्यक्रम काठमाडौंको  मुड्खु भन्ज्याङमा गरिएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार