काठमाडौं । पहिलो इनिङ्समा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८५ रनमा अलआउट गरेको थियो। लुम्बिनीले ८६ रनको लक्ष्य नौ ओभरमा च्याम्पिअन बन्यो ।
लगातार तीन खेलमा हार बेहोरेपछि लीग चरणबाटै आउट हुने सङ्घारमा पुगेको लुम्बिनी लायन्स अपत्यारिलो यात्रा पार गर्दै नेपाल प्रिमिअर लिग एनपीएल सिजन २ को च्याम्पियन बनेको हो । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका रोहितले ओमोडाको ज्याको कार जितेका हुन् ।
प्रबल दाबेदारका रूपमा रहेको सुदूरपश्चिम रोयल्सलाई छ विकेट को पराजयको स्वाद चखाएर लुम्बिनी लायन्सले सीजन २ को यात्रा सुखद रूपमा चुम्न सफल भयो ।