काठमाडौं - युवाहरुको शक्तिले ल्याएको अभुतपुर्ण परिवर्तनले एउटामात्र नभएर दुईवटा इतिहास रच्न सफल भएको छ ।
नेपालको इतिहासमा पहिलो जेएनजेडले भ्रस्टाचार विरुद्ध आन्दोलन गरि दुइदिनमा करिव दुइतिहाई सरकार ढाल्न सफल भएको थियो भने दोस्रोमा आन्दोलित पक्ष र दल लगायत सबैपक्षको सहमतिमा सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल हुनुभएको छ।
वहाँ २०६७ सालमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत नियुक्त हुनुभएको थियो। प्रधानमन्त्री कार्कीले आजै केही मन्त्रीहरु नियुक्त गर्ने जनाइएको छ। मन्त्रीहरुको नाम र मन्त्रालय भने अहिले खुलाइएको छैन।