आइतबार, श्रावण ३१ गते २०८३
images

गुप्तचर र देशद्रोह गरेको आरोपमा विदेशी सहित आठ जना पक्राउ


  • 1.3K
    SHARES
  • आश्विन २३, २०८२ बिहीबार

    बुर्किना फासोको सैनिक सरकारले एक मानवीय सहयोग संस्थाका आठ कर्मचारीलाई गुप्तचर र देशद्रोह गरेको आरोपमा पक्राउ गरेको छ। ती आअरोपितहरु नेदरल्यान्डसद्वारा संचालित गैरसरकारी संस्था (एनजीओ) इंन्टर्नेशनल एनजीओ सेफ्टी अर्गनाइजेसन (INSO) का रहेका छन।

    रक्षामन्त्री महमादु सानाका अनुसार ती आठ जना INSO का कर्मचारी हुन, जसले मनवीय सुरक्षामा विशेषज्ञता राख्छन् । पक्राउ परेकामा चेक, फ्रान्सेली, माली र बुर्किनाबे नागरिकहरु रहेका छन् ।

    सानाका अनुसार उक्त एनजीओलाई गत जुलाईको अन्त्यतिर सरकारको अनुमतिविना संवेदनशील तथ्यांक संकलन गरेको कारण तीन महिनाको लागि निलम्बन गरिएको थियो। सो समयमा INSO का निर्देशकलाई पनि अफिसबाटै पक्राउ गरि थुनामा लिइएको थियो। 

    निलंबन पछि पनि केही कर्मचारीहरुले गोप्यरुपमा सुचना र अनलाइन वा प्रत्यक्ष वैठकहरु जारी राकेको जनाईएको छ। ती कर्मचारीहरुले विदेशी शक्त्तिहरुलाई राष्ट्रको सुरक्षामा आँच पुग्ने संवेदनशील जानकारीहरु पठाइएको आरोप लगाइएको छ।

    बुर्किना फासोका सेना प्रमुख इब्राहिम त्राओरेले सन् २०२२ मा सत्ता कब्जा गरेर सैनिक शासन लागू गरेका थिए।

    हाल चर्चामा रहेका इबाहिम त्राओरेले पश्चिमी देशहरूसँगको सम्बन्ध घटाउदै मस्कोसँग सम्बन्ध बढाउदै लगेका छन् । यश बर्षको सुरुमा रूस र बुर्किना फासोले आर्थिक सम्बन्ध बलियो पार्ने र व्यापार विविधीकरणमा सँगै काम गर्ने घोषणा गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार