फागुन, कावासोती ३० । नवलपुरको सदरमुकाम कावासोतिमा बिस्फोट भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतिको ठिक अगाडि ११ः३० बजेको समयमा बिस्फोट भएको हो ।
बिस्फोट निकै ठूलो आवाजमा भएको थियो । यधपी बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। बिस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।
बिस्फोट पछि सुरक्षा सतर्कता थप बलियो बनाईएको छ । बिस्फोटबाट मानबिय तथा भौतिक क्षति भने भएको छैन बिस्फोट भएको स्थानदेखी जिल्ला प्रहरी कार्यलय नवलपुर करिब १०० मिटरको दुरिमा पर्छ ।


