मंगलबार, भाद्र २ गते २०८३
images

सरकारले हावादारीभन्दा यथार्थपरक विकास र शुशासनको प्रत्याभूती गराउनु पर्छ : नेता महत ( भिडियो हेर्नुहोस् )

  • 12.2K
    SHARES
  • चैत्र १५, २०७५ शुक्रबार

    नेपाली काँग्रेस नुवाकोटका नेता रमेश कुमार महतले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले उल्टो काम गरिरहेको बताएका छन् । उनले विप्लवलाई राजनीतिक प्रतिबन्ध गर्नु र सिके राउतसंग संझौता गर्नु उल्टो काम भएको बताएका छन् । उनले भने यो सरकार गर्नुपर्ने काम गर्दैन , नगर्नु पर्ने काम गर्दैछ । मुलुक विखण्डनको नारा बोकेर हिंडेको सीके राउतसँग सहमति गरि मूलधारमा ल्याउनु राम्रो भएपनि बिप्लव नेतृत्वको नेकपालाई लगाएको राजनीतिक प्रतिबन्ध सरकारको अल्पदृष्टि भएको उनले बताए ।

    उनले अघि भने- सरकारले समयमै शुसासनको प्रत्याभूती, हावादारीभन्दा यथार्थ परक विकास निर्माण, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ । सरकार युवालाई बिदेशिन रोक्नुपर्नेमा उल्टो बाहिरिन प्रोत्साहन गरिरहेको उनको भनाइ थियो । अहिले नेपाली काँग्रेसले सरकार गठन भएको १ बर्ष मात्र भएकाले बिरोध भन्दा गतिविधि नियालिरहेको बताए । नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको र नेकपाको सरकारले राम्रो काम गरे समर्थन गर्ने देशघाती र जनघाती काम गरे खबरदारी गर्ने बताए ।

    पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको दाबी गरे । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । उनले नेपाली काङ्ग्रेस भित्रको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको धारणा व्यक्त गरेका छन् । नेता महतले भने( नेताहरुले पार्टीभित्रको गुट उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको छ ।

    पार्टीभित्रको गुट उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए । अहिले देश नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले संघीयता कार्यान्वयन गर्न जटिल जस्तो देखिएको छ । यो प्रकृयामा धेरै खर्च बढेको छ तर सङ्घीयता राम्रो भएपनि यो जनप्रतिनिधिहरुको कारण असफल बन्दै गएको बताए । प्रशासनिक खर्च कसरी कम गर्ने र देश विकासमा कसरी निरन्तरता दिने भन्ने सोच काँग्रेसमा पनि आउनु जरुरी छ । नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ उनले भने ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार