बुधबार, भाद्र ३ गते २०८३
images

काठमाडौंको प्राचीन शहर टोखामा विस्केट जात्रा सुरु ( फोटोफिचर )

  • 8.6K
    SHARES
  • बैशाख १, २०७६ आइतबार

    काठमाडौंको प्राचीन शहर टोखामा हरेक बर्ष मनाइदै आएको विस्केट जात्रा आजदेखि सुरु भएको छ । बैशाख १ गतेदेखि ४ गतेसम्म चल्ने उत्त मेलामा बिभिन्न देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराइन्छ । आआफ्नो स्थानमा पुनः विराजमान गराउन अघि देवी देवताहरुलाई स्नान गराउने प्रचलन रहेको छ । ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ बर्षको अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने विस्केट जात्रा मेलामा लाखौ तिर्थालुहरु आउने गरेका छन् ।

    काठमाडौं उपत्यकाको सबभन्दा पुरानो जात्रा मानिने टोखाको विस्केट जात्राको आफ्नै ऐतिहासिक महत्व समेत रहेको छ । सामाजिक सदभावका साथ मनाइने टोखाको विस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी ,सपनतीर्थ,मसानकाली र चण्डेश्वरी लगायतका देवी देवतालाई नारायण पोखरीमा स्नान गराएको हेर्न श्रद्धालुको घुँइचो लाग्ने गरेको छ भने मानिसहरुले घरघरबाट देवी देवतालाई स्नान गराउन लैजादा फुल र अविर चढाउने गर्दछन ।

    ऐतिहासिक शहर टोखा प्राचीन हिसाबमा वैभवशाली शहर मानिन्छ । यहाँ मनाइने हरेक जात्रा तथा चाँडमा स्थानीयको सक्रियतापूर्वक सहभागिता रहने गरेको छ । विस्केट जात्राको अन्तिम दिन देवी देवताहरुलाई आआफ्नो स्थानमा विराजमान गराउने चलन छ । नयाँ वर्ष मनाउने आफ्नै शैलीलाई संरक्षण गरेको टोखाले यो पर्व मनाएर देशवासीलाई नै सांस्कृतिक सन्देश दिने गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार