मंगलबार, भाद्र २ गते २०८३
images

सान्जेनमा ढुक्क भएर लगानी गर्नुहोस् , उच्च प्रतिफल पाउनुहुनेछ : प्रमुख श्रेष्ठ ( भिडियोसहित )

  • 8.8K
    SHARES
  • बैशाख ७, २०७६ शनिबार

     साञ्जेन हाइड्रोपावरका प्राथमिक सेयर आवेदन खुलेको छ । साञ्जेनको ४९ लाख ८२ हजार २ सय ५० कित्ता सेयर  आवेदन खुल्ला भएको हो । सरकारले जनताको जलविद्युत् कार्यक्रममा यो  आयोजनालाइ भर्खरै मात्र समावेश गरेको थियो। साञ्जेनले रसुवा जिल्लामा रहेको १४.८ मेगावाटको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । अहिलेसम्म  ७० प्रतिशत निर्माण समेत सम्पन्न भइसकेको छ। 

    यस कार्यक्रममा न्यूनतम १० कित्ता पनि आवेदन दिन मिल्छ अर्थात् सर्वसाधारणले १ हजार रुपैयाँभन्दा माथिको लगानी गर्न सक्नेछन् । आवेदकहरुले बढीमा ५ हजार कित्तासम्म सेयर खरिदको आवेदन दिन पाउनेछन्। सान्जेन जलविद्युत माथिल्लो सान्जेन १४.८ मेगावाट रहेको छ भने सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि यो जलविद्युत् आयोजनाले आवेदन माग गरेको छ भने प्रति शेयर एक सय रुपैयाँका दरले माग गरिएको छ ।

    यसको कुल पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने उक्त पुँजीको १५ प्रतिशतको शेयर आवेदन माग गरिएको छ । यसले ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको छ। सान्जेन जलविद्युत कम्पनिको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ भने सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड सहायक रहेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार