मंगलबार, भाद्र २ गते २०८३
images

एउटा यस्तो शहर : जहाँ छ महिना हिउँ जम्छ ,प्रत्येक तिन दिनमा हिमपात, २ महिना घाम लाग्दैन 

  • 4.1K
    SHARES
  • माघ ९, २०७५ बुधबार

    रूसको साइबेरियामा एक शहर पर्दछ त्यो हो नोरिस्क ? यसलाई संसारको सबभन्दा चिसो शहर भनिन्छ। यहाँ बस्दै आएका व्यक्तिहरूले गत दुई महिना डिसेम्बर-जनवरीमा सूर्यको प्रकाश देखेका छैनन् । यस अवधिमा धेरै व्यक्तिहरू डिप्रेसन जस्तो रोगहरूको पीडित पनि भएको पाइएको छ । जुन रोग पोलर नाइट सिन्ड्रोम नामले समेत परिचित छ । डेलीमेलको अनुसार, यहाँ ३६५ दिनमा २७० दिन हिउँ जम्दछ भने अत्यधिक चिसो तापमान माइनस ५५ डिग्री सेल्सियस हुन्छ । सामान्य दिनहरूमा पनि, यस शहरको औसत तापमान माइनस १० डिग्री सेल्सियस सम्मको वरपर रहेको हुन्छ । नोरिस्कको जनसंख्या लगभग १७५००० रहेको छ ।

    केही चुनौतीहरूको बावजूद पनि नम्बर वान

    तथापि, केही मान्छेहरुले दाबि गरेका छन् कि साइबेरियामा अवस्थित याकुत्स शहर धेरै चिसो हुन्छ । तर यो ठाउँको तापमान माइनस ४१ डिग्री सेल्सियस मात्र रेकर्डिङ गरिएको छ भने गर्मीको समयमा यसले नोरिस्क भन्दा बढी तापमान रेकर्ड गरेको छ । केही शोधकर्ताहरूको अनुसार, नोरिस्कमा २७० दिन हिउँ मात्र जम्ने होइन प्रत्येक तेस्रो दिनमा यहाँका मानिसहरूले हिमपातको समेत सामना गर्नुपदर्छ। यो शहर राजधानी मस्कोबाट लगभग २९०० किमी शहर टाढा पर्दछ । यी स्थानहरू बाँकी देशबाट काटिएका छन् भने आउन-जान कुनै सडक समेत छैन । यहाँ केवल बिमान वा डुङ्गाबाट मात्र आइ पुग्न सकिन्छ। यहि कारण यहाँ रहेका मानिसहरु आफ्नो देशको बाकी क्षेत्रलाई मेनल्याण्ड भनेर बोलाउने गर्दछन ।

    यो शहर धनि र सम्बृद छ

    नोरिस्क ठूलो मात्रामा रूस र बाँकी संसारबाट काटिएको भएपनि यसको विकास र समृद्धिमा ठुलो प्रगति छ । आजको सम्पूर्ण सुविधाहरू, सार्वजनिक यातायात, क्याफे, चर्च, बार, कला ग्यालेरी र थ्रिएटर यहाँ उपलब्ध छ । र यहाका स्थानीय निवासीहरू एक राम्रो स्तरको जीवन बिताउने गर्दछन् । वास्तवमा नोरिस्क संसारको सबैभन्दा ठूलो निकल, प्लेटिनम र प्यालाडियम निर्माता हो । जसलाई प्रयोग गरेर यो शहर रूसको सबैभन्दा धनि शहर बनेको छ । यहाँ यी सामग्रीको भण्डार यति धेरै छ कि यसको आपूर्तिकर्तासंग यो शहर पुरै रूसको जीडीपी को २५ को पार्टनर बनिरहेको छ । नोरिस्क निकल यो खनिज निकाल्ने र सफा गर्ने एक मात्र कम्पनी हो । शहरका अधिकांश मानिसहरू यहाँ काम गर्दछन वा अन्य कुनै तरिकाबाट यस काममा जोडिने गर्दछन ।

    प्रदूषण बन्यो समस्या

    तथापी आर्थिक रुपमा यो कम्पनी चल्दा नोरिक्सको फाइदा भएपनि ठुलो मात्रा खनन र परिष्करणका कारण संसारको सबैभन्दा प्रदूषित शहर बन्न पुगेको छ । विशेषज्ञहरुका अनुसार हावामा सल्फर डाइअक्साइडको मात्रा यति धेरै बढेको छ की ३० किमी वरिपरि वनस्पति नष्ट भएको छ । मानिसहरूले भनेका छन् कि अत्यधिक विषाक्तताको कारण बेरी वा मशरूम प्रयोग गर्दैनन् । यति मात्र होइन धेरै खननले डाल्दिकन नदीको पानी समेत रातो भएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार