मंगलबार, भाद्र २ गते २०८३
images

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

  • 9.1K
    SHARES
  • आषाढ २१, २०७६ शनिबार

    बुद्धिमान त्यहि हो जो पूर्ण संकल्पका साथ कार्य सम्पन्न गर्द्छ।त्यही मानिस बुद्धिमान हो, जो रिसमा पनि छुद्र बोली मुखबाट निकाल्दैन । हो आज यिनै भनाइलाइ आत्मसात गर्दै अगाडि बढेका शम्सेर मियां मुस्लिम समुदाय माझ रातारात लोकप्रिय बनेका छ्न ! एउटा दृढ संकल्प र लक्ष्य  बोकेर हजार माइल यात्रामा निस्केको महान योद्दा बिरोधिहरुले बारेको कांडे तार र पाइला पाइलामा थापिएका एम्बुस देखि अल्झिने तर्सिने कुरै भएन ।

    यि सब बाधा अड्चनहरुलाइ बेवास्ता गर्दै शम्सेर मियांले आफ्नो सफलताको पहिलो खुड्किलो पार गरेका छन ! साउदि हज मन्त्रालयले गरेको थप हज कोटा बृद्दि । हामि सम्पुर्ण नेपाली मुस्लिम समुदायप्रतिको सम्मान हो । उक्त सम्मानको उच्च कदर गर्दै साउदि हज मन्त्रालयप्रति मेरो ब्यक्तिगत तर्फबाट सधन्यबाद तथा आभार ब्यक्त गर्दछु ।

    त्यसो त नेपाल सरकार गृह मन्त्रालय तथा पररास्ट्र मन्त्रालय पनि उक्त धन्यबादको पात्र हुन । अध्यक्ष ज्युको अहोरात्र खटाइ निरन्तर संम्बाद र चासोको नतिजा नै आज गर्बको बिषय बनेको छ । अन्तमा सम्पुर्ण ह्ज समितिका पधादिकारिहरु प्रति पनि हार्दिक धन्यबाद टक्र्याउंदछु साथै यहांहरुको कार्यकाल सफल र ऐतिहासिक रहोस भन्ने कामना गर्दछु  !

    हुसेन जि (सुभेच्छुक)

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार