मंगलबार, भाद्र २ गते २०८३
images

अचम्मको परम्परा : एक रातको लागि विवाह, केटीले वर छान्ने

  • 3.2K
    SHARES
  • माघ १५, २०७५ मंगलबार

    परम्परा अनुसार नेपालमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ । अग्निलाई सात फेरो लिएपछि विवाहीत जोडी सधैको लागि एक हुँने परम्परा रहिआएको छ । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ मात्र एक रातको लागि मात्र विवाह गरिन्छ । नवविवाहीत जोडी मात्र केही घण्टाको लागि साथ रहने गर्दछन् ।

    यदि दुवै जना राजी छन् भने उनीहरु एक दिन संगै रहन सक्छन् । यो परम्परा धेरै टाढा नभई हाम्रै छिमेकी मुलुक चीनको शिलिंग घाटीमा बसोबास गर्दै आएका मानिसहरुको हो । शिलिंग घाटीको जनजाति आफ्नो संस्कृतीको सम्झना स्वरुप त्यहाँका मानिसहरुले यो परम्परालाई निरन्तरता दिदै आएका छन् । त्यहाँ घुम्न जाने पर्यटकहरु पनि त्यहाँको सो परम्पराको मजा उठाउँन भने पछि पर्दैनन् ।

    त्यहाँका युवतीहरु विवाह आसपासका युवकहरुसंग नभै घुम्न आउँने पर्यटकसंग गर्ने गर्छन् । दुलाहा केटी आफैले रोज्ने चलन छ । त्यहाँका युवतीहरु खोला किनारा छाता लिएर पर्यटकको पखाईमा बस्ने गर्छन् । जब पर्यटकहरु आईपुग्छन् उनीहरुलाई सिधै आफ्नो घर लिएर जान्छन् । युवतीका घरका मानिसहरु पनि यो विवाहलाई लिएर निकै उत्साहित हुँने गर्दछन् ।

    घरलाई राम्रोसंग सजाएपछि घरको आँगनमा डोली राख्ने गरिन्छ । पर्यटक घरमा पुगेपछि नाचगान गर्ने गरिन्छ । विवाहको शुरुवात दुलहीको पिताबाट हुन्छ । दुलहीका पिताले पर्यटकहरुलाई उक्त परम्पराको बारेमा सविस्तार बताउँछन् । त्यसपछि दुलही रातो कपडा हातमा लिएर आउँछिन् । उनले उक्त कपडा पर्यटकहरु तर्फ फ्याक्छिन् । जुन पर्यटकलाई त्यो कपडा पर्छ उसलाई दुलहाको पोशाक लगाउँन लगाईन्छ र धुमधामसंग दुबैको विवाह गरिन्छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार