निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो । तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।
कुन सपना देख्दा कस्तो फल मिल्छ एकपटक पढौ ।
अप्सरा देख्नु – धन र सम्मान प्राप्त
लास देख्नु – धन लाभ
अँध्यारो देख्नु – बिपत्ती आउनु
अंगुर खानु – स्वास्थ्य लाभ
अंग काटेको देख्नु – स्वास्थ्य लाभ
अंग दान गर्नु – उज्जवल भविष्य, पुरस्कार
अस्थी देख्नु – संकट टर्नु
आँसु देख्नु – परिवारमा मंगल कार्य हुनु
आवाज सुन्नु – सहि समय आउंदै छ
आंधी देख्नु – संकटबाट मुक्ति
आँधीबेहरीमा लड्नु – सफलता मिल्नु
अखबार पढ्नु , किन्नु – बादबिबाद
अध्यक्ष बन्नु – मान हानि
पढ्नु – असफलता मिल्नु
अपहरण देख्नु – लामो आयु
अगरबत्ती देख्नु – धार्मिक अनुष्ठान
अगरबत्ती जलेको देख्नु – दुर्घटना
कन्या देख्नु – धन बृद्दी
कसरत गर्नु – बिरामी हुने लक्षण
खुशी देख्नु – दुख बढ्नु
हत्या हिंसा देख्नु – सौभाग्य बृद्दी
रगत देख्नु – धन प्राप्ति
रगतको वर्षा देख्नु – देशमा कुनै घटनाहरु घट्नु
रगतमा मुछिनु – धन सम्पत्ति पाउने लक्षण
तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
उजाड जंगल देख्नु – समस्या बढ्नु
चाँदी देख्नु – धन प्राप्त हुनु
मोती देख्नु – छोरी पाउने योग
कैची देख्नु – घरमा झै(झगडा हुनु
पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग
रातो फूल देख्नु – भाग्य चम्कनु
झरना देख्नु – दुःखको अन्त हुनु
आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
जुवा खेलेको देख्नु – व्यापारमा लाभ
पहाड हल्लिएको देख्नु – विरामी हुने डर
थुक देख्नु – समस्यामा पर्नु
सेतो बिरालो देख्नु – धन नास हुनु
खुकुरी देख्नु – संकटबाट मुक्ति
झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
चन्दन देख्नु – शुभ समाचार आउनु
स्त्रीसँग मैथुन - गर्नु धन प्राप्त हुनु
गोबर देख्नु - पशु व्यापारमा लाभ
दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
बाख्रा देख्नु -शत्रुको डर
सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
मासु देख्नु – आकस्मिक धन लाभ
मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
गरगहना देख्नु – कार्य पुर्ण हुनु
सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ
नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
सुकेको घाँस देख्नु – जीवनमा समस्या
मरेको मानिस देख्नु – रोगबाट मुक्त
सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
काग देख्नु – कसैको मृत्युको समाचार आउनु
उजाड बगैचा देख्नु – दुःख पाउने
हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु
चील देख्नु – शत्रुबाट नोक्सान हुनु
घोडा देख्नु – संकट हट्नु
चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
धुँवा देख्नु – व्यापारमा हानी
भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
कुवामा पानी देख्नु – धन लाभ
रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
बन्द ढोका देख्नु( धन नास हुनु
आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु