नेपालको इतिहासमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालन भएको १० बर्षे जनयुद्ध एक युगन्तकारी घट्नाको रुपमा चित्रित छ । वर्गसंघर्ष र अन्तरसंघर्ष दुवैका दृष्टिले आफ्नो विकासको अत्यन्त चुनौतीपूर्ण र सम्भावनायुक्त मोडमा माओवादी आयो । जनयुद्धले २ सय ५० वर्ष लामो सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको समेत अन्त्य गर्न सफल भयो तर उसले आफ्नो इतिहास लामो समयसम्म टिकाउन सकेन उ पनि टुक्रा - टुक्रा हुन पुग्यो भने सस्थापन नेकपामा परिणत भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगै करिब १७ हजारले बलिदान गरको जनयुद्धको समाप्ति भयो ।
मा.ले.मा.बादका आधारभूत सिद्धान्त, इतिहासका अनुभव र वर्तमान घरेलु एवम् बाह्य वर्ग शक्ति सन्तुलनको वस्तुवादी आँकलनद्वारा सही विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गरेर माओवादीले चुनौतीहरूको सामना गर्न पनि सक्थ्यो तर फुटमा पुग्दा र जुट हुँदा समय परिस्थिति बदलिदा उ त्यति सफल बन्न सकेन र अन्तत एमाले र माओवादी एकीकरण भइ नेकपा स्थापना भयो ।
थप भिडियोमा हेर्नुहोस :