तपाईलाई अचम्म लाग्न सक्छ बिवाह गर्न पुरुष छैनन् भन्दा तर यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । धेरै युवाहरु युद्धमा मारिसकेका छन् जसले गर्दा यो समस्या आएको हो ।यो सिरियाको कथा हो जहाँ भाग्न सक्ने जति सबै युवा विदेश पलायन भएका छन् ।
देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् । यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ । इस्लाममा समलैंगिता विवाहलाई मान्यता छैन । सीरिया एउटा इस्लामिक देश हो ।