यहि माग २५ गतेदेखि २८ गतेसम्म नुवाकोटको पन्चकन्या गाउँपालीकाले प्रथम चेयरमेन भलिबल कप आयोजना निकै उत्साहजनक रुपमा मनायो । जिल्लाको साथै काठमाडौँबाट समेत निकै मानिसहरु उपस्थित हुँदा भिड निकै बाक्लो समेत थियो भने स्वागत समेत लोभलाग्दो थियो । तयारी र प्रचारप्रसार हेर्दा प्रतीयोगीताले रास्ट्रिय खेलको झ-झल्को समेत गराएको थियो ।
काठमाडौँबाट करिब ३८ किमी मात्र रहेको यो गाउँपालिकाको कार्यक्रममा प्रमुख अतिथि थिए पुर्व प्रधानमन्त्री एबं नेकपा अध्यक्ष प्रचण्ड । प्रचण्डलाई नुवाकोटले सम्भवतः गरेको भब्य स्वागत यो नै थियो । जिल्लाको प्रत्येक स्थायीय निकायले आ-आफ्नो टोलीसहित बाजा बजाएर आएका थिए भने कार्यक्रमको छुट्टै रौनक थियो । समग्र नुवाकोटको समस्या, दुख र गुनासोको पोको प्रचण्ड सामु अध्यक्ष रमेश तामाङले खोलेपछि प्रचण्डले आफुले सक्दो प्रयास गर्ने र सरकारको समेत ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका थिए ।
यो भिडियो हेर्नुहोस्
उनले तद्काल पहलकदमी लिंदा टोखा-छहरे सडकखण्डको लागि १० करोड बिनियोजन गरियो । नुवाकोट व्यापारिक हिसावले चीन र नेपालबीच एक मात्र रहेको केरुङ नाकाबाट हुने आयात-निर्यात हुने मार्गको रसुवा-काठमाडौँ जोड्ने एक मात्र पुल हो । राजधानीबाट नजिक रहेको यो बिकट जिल्ला आफ्नो सम्वृद्धिको तिब्र पर्खाइमा छ । नुवाकोटका जनप्रतिनिधिको पहलमा बिकासको गतिमा तिर्खाएको नुवाकोट अहिले आफ्नो प्यास मेटाउने प्रयासमा छ । नुवाकोट, सरकार र प्रचण्डबाट आफ्नो सम्वृद्धि खोजिरहेको छ । प्रचण्डले नुवाकोटको बिकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । के प्रचण्डले पुरा गर्लान् त बाचा ? त्यो भने समयले बताउने नै छ । आशा छ नुवाकोटले प्रचण्डले भने झैँ बिकासमा छलाङ्ग मार्नेछ ।