मंगलबार, भाद्र २ गते २०८३
images

सुनले बनेको संसारकै पहिलो होटल

  • 2.9K
    SHARES
  • आषाढ २२, २०७७ सोमबार

    भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।

    उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्यालढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपित छन् ।

    उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरु रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार बर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

    होटलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामानहरुमा सुनकै लेपन गरिएको छ । बेडरुममा फर्निचर तथा अन्य सामानहरु, वासरुम, बाथटब, सिंक तथा सावर लगायतका सबै सामानहरु सुनले लेपन गरिएको छ । यी सबै कारणले गर्दा पूरै होटल नै स्वर्णमय देखिन्छ ।

    सुनले बनेको उक्त होटलका कर्मचारीहरुले पहिरनसमेत रातो तथा सुनौलो रङको लगाउँछन् ।

    उक्त होटलको छतमा इन्पिmनिटी पूल बनाइएको छ । उक्त पोखरीको बाहिरी पर्खालमा लगाइएका इँटाहरुमा पनि सुनकै लेपन गरिएको छ ।

    डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा सुरु भएको थियो ।

    सुनले बनेको यो होटलमा गएर रात बिताउनका लागि गोजीचाहिँ गरम नै चाहिने रहेछ । होटलमा एक रात बिताउन कोठाको न्यूनतम शुल्क ३२ हजार रुपैयाँ बराबरको रकम रहेको छ । त्यस्तै डबल बेडरुम सुइटको एक रातको १ लाख १२ हजार रुपैयाँ तिर्नुपर्दछ ।

    होटलमा कल ६ प्रकारका कोठाहरु तथा ६ खाले सुइटहरु छन् । होटलको सबैभन्दा महँगो सुइटको रुपमा रहेको प्रेसिडेन्सियल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्दछ ।

    एजेन्सी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार