बिहीबार , कार्तिक २० गते २०८३
images

घाँस खाएको आरोपमा १५ बाख्रा पक्राउ, तीन–तीन हजार जरिवाना तोकियो !

  • 2.7K
    SHARES
  • श्रावण १२, २०७७ सोमबार

    एजेन्सी । भूगोल र जनसंख्याका हिसाबले ठूलामध्येको एक देश छिमेकी राष्ट्र भारतमा अनौठो घटना घटेको छ । भारतको तेलंगनामा १५ वटा बाख्रालाई घाँस खाएको भन्दै पक्राउ गरि जरिवाना गरिएको छ ।

    सुन्दा पत्यार नलागे पनि तेलंगनामा पक्राउ परेका १५ वटै बाख्रालाई तीन–तीन हजार रुपैँया जरिवाना गराइएको छ । खासमा तेलंगनाको भद्रादी कोठागुडेम जिल्लामा अधिकारीहरुले घाँस खाएको अपराधमा १५ वटा बाख्रालाई बन्दी बनाएका थिए ।

    पक्राउ परेका बाख्रालाई तीन हजार जरिवानासहित सबै बाख्रालाई थप्पड पनि हानिएको छ । द ट्रिब्युनको रिपोर्ट अनुसार उक्त स्थानमा वृक्षारोपण अभियानमा लगाएको वृक्षलाई बाख्राले खाइदिएकाले पक्राउ गरि जरिवाना तोकिएको हो ।

    पक्राउ परेका बाख्रालाई अधिकारीहरुले नगरपालिका कार्यालयमा राखेर बाख्राको मालिकलाई सूचना पठाएका बताइएको छ । तर बाख्राको हकदावी गर्न अहिलेसम्म कोही आएका छैनन् ।0

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार