मंगलबार, भाद्र २ गते २०८३
images

अनौठो घटना, बोकाले दियो नियमित दुध !

  • 2.6K
    SHARES
  • श्रावण १४, २०७७ बुधबार

    एजेन्सी । छिमेकी देश भारतको राजस्थानस्थित धौलापुर जिल्लामा अनौठो घटना भएको छ । त्यहाँको एउटा बोकाले दुध दिएको छ । अझ आचश्यजनक त यो छ की, उक्त बोकाको मालिकले आफुहरुले बोकाको दुध नियमित खाइरहेको बताएका छन् ।

    भारतको धौलापुर, गुर्जामा एउटा बोकाले हर्मोनमा भएको गडबडीका कारण विहान र बेलुका गरी आधा लिटर दुध दिइरहेको छ । बोकाको मालिक राजवीरका अनुसार १६ महिना पहिले पशु हाटमार्फत उनले २ महिनाको उक्त बोका किनेका थिए ।

    उक्त बोकामा ६ महिना पहिले बाख्रामा पाइने हर्मोन विकसित भएर नियमित दुध दिन थालेको थियो । उक्त बोकामा बाख्रा र बोका दुवैको अंग विकसित भएको र बोकाको दुधले परिवारको स्वास्थ्यमा कुनै असर नगरेको राजवीरले बताएका छन् ।

    यस्तो अनौठो बोकालाई हेर्नका लागि अहिले आसपासका गाउँबाट मानिसको भीड लाग्ने गरेको छ । जिल्लामा पहिलो पटक बोकाले दुध दिएकाले हेर्नेहरुको भीड लागेको हो । उक्त बोकाका लागि मानिस उच्च मूल्य तिर्न तयार भएपनि राजवीरले बेच्न अस्वीकार गरेका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार