आइतबार, श्रावण ३१ गते २०८३
images

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

  • 1.8K
    SHARES
  • भाद्र ५, २०७७ शुक्रबार

    बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । आज बिहान प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

    बुटवल कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले भारतबाट आएर प्यूठानको स्थानीय क्वारेन्टाइनमा बसेका ती पुरुषमा ज्वारो, खोकी लगायतका लक्षण देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो ।

    त्यस्तै हिजो बेलुकी पनि अस्पतालमा अर्का एकजनाको मृत्यु भएको थियो । देवदह नगरपालिका ३ का ७० वर्षीय पुरुषकोृ मृत्यु भएको थियो । उनको देवदह मेडिकल कलेजमा उपचार गराइरहेका पुरुषको मृत्यु भएपछि गरिएको पिसिआर परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार