नेकपा माओबादी केन्द्रका युवा नेता बलाराम पुनले जनयुद्दको बाँकी कार्यभार पुरा गर्ने अभीभारा अब नेकपा माओबादी केन्द्रको भएको बताएका छन् । उनले दश वर्षे जनयुद्धको लक्ष्य सस्थापन माओबादीले पुरा नगरेकोले त्यो लक्ष पुरा गर्न नेकपा माओबादी केन्द्र पुन गठन गरिएको बताए । उनले १७ हजार शहिदको सपना आफुहरुले पुरा गर्ने उदघोस समेत गरे ।
अर्थ डेलीसंग कुरा गर्दै पुनले भने- माओबादीको लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने थियो जुन सत्ताको स्वादमा उसले जनयुद्द मात्र होइन शहिद,घाइते , बेपत्ता र आफ्नो बाटो नै बिर्सियो । उ आफुले जुन उदेश्यका साथ जनयुद्द गरेको थियो त्यो मूल नेतृत्वबाट नयाँ जनवादी गणतन्त्र पूरा नहुँदै वुर्जुवा गणन्त्रको अंशगत लक्ष्यमा सीमित हुँदै टुक्रा-टुक्रामा बिभाजन हुन् पुग्यो । माओबादीका नेताहरुले आफ्नो धरातल बिर्सदा आज यो अवस्था आएको हो ।
माओवादीले जनयुद्धमा वर्गीय आन्दोलनलाई मात्र जोड दिएन, उसले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय आन्दोलनलाई एकैसाथ गोलबन्द गरेर समग्र आन्दोलनको रुपमा विकास गर्यो । ०६२-६३ को जनआन्दोलन सफल भएपछी उ १७ हजार सहिदको सपना बोकी सिहंदरवार छिर्यो तर उ संसदीय व्यवस्थाका विरुद्धमा उठाएको हतियार , हजारौ शहिदलाई भुल्दै उही पूरानो सुधारिएको संसदीय व्यवस्थामा अल्झिन पुग्यो । उसले एकाएक शहिदको रगतमा होलि खेल्यो भने जनमुक्ति सेना र घाइतेहरुलाई अलपत्र समेत पार्यो । अब ति शहिदहरुको सपना पुरा गर्ने कार्यभार युवा पुस्तामा आएको उनि बताउछन् ।
उनिसंग गरिएको संवाद, हेर्नुहोस् भिडियो