शुक्रबार, कार्तिक २१ गते २०८३
images

पोष्टमार्टम गर्न समय लाग्ने भए पछि श्रद्धाञ्जली सभा स्थगित

  • 3.7K
    SHARES
  • फाल्गुण १६, २०७५ बिहीबार

    काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न समय लाग्ने भएको छ ।

    यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

    बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेका थिए ।

    तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिन ४/५ घन्टा लाग्नेछ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार