आइतबार, श्रावण ३१ गते २०८३
images

अब श्रम स्वीकृति जनकपुर र बिराटनगरबाट लिन सकिने


  • 1.6K
    SHARES
  • पौष २४, २०७९ आइतबार

    पौष २४, काठमाडौं- आजबाट काठमाण्डौ पुर्वबाट बैदेशिक रोजगारिमा जानेहरुले जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सक्ने भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस ११ गते गरेको निणर्यलाई कार्यान्वयन गर्दै आजदेखि ति दुबै स्थानबाट श्रम स्वीकृत लिन सकिने भएको हो । 

    श्रम स्वीकृतिका लागि हाल राजधानी र उपत्यका बाहिर पोखरा र भैरहवाबाट मात्रै सेवा लिन सकिने व्यवस्था रहेको थियो। प्रचण्ड नेतृत्व सरकारले  मन्त्रिपरिषदको पहिलो बैठकबाट नागरिकहरूलाई प्रदान गरिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झण्झट मुक्त हुने र देखिने गरी सुधारका कामहरू तत्काल नै गरी कार्यान्वयन गर्ने निणर्य गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार