बिहीबार , कार्तिक २० गते २०८३
images

निर्मला हत्या प्रकरण :एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश

  • 4.1K
    SHARES
  • चैत्र १०, २०७५ आइतबार

    काठमाडौं, चैत १० । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा कञ्चनपुरका पूर्व एपसपी दिल्लीराज बिष्टलाई अदालतले साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने गरि फैसला सुनाएको छ ।

    बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा चार लाख ५० हजार र यातना दिएको मुद्दामा ६ लाख गरि साढे १० लाख धरौटी तोकिएको हो। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले उक्त फैसला सुनाएको हो ।

    धरौटी बुझाएपछि बिष्टलाई रिहा गर्न आदेश भएको पनि श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको भन्दै एसपी बिष्टविरुद्ध मुद्दा परेको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार