मंगलबार, भाद्र २ गते २०८३
images

हास्य ब्यंग्य टेली सिरियल "कुरा मात्र भो" ले चर्चा कमाउदै ( भिडियो हेर्नुहोस् )

  • 14.3K
    SHARES
  • जेठ १८, २०७६ शनिबार

    अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य टेली सिरियल कुरा मात्र भो   हरेक शुक्रवार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारणमा आएको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच वैशाखमा सम्झौता सम्पन्न भएको थियो । अहिले यो टेली सिरियलले बजारमा चर्चा पाउन थालेको छ ।

     जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी रहेको छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने छ  ।

    साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भो को निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी रहेका छन् भने   राज श्रेष्ठ को सम्पादन रहेको  छ  ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार