आइतबार, श्रावण ३१ गते २०८३
images

बोस–४ कि विजेता श्वेता तिवारीकी छोरी पलक तिवारी बलिउडमा प्रवेश गर्दै

  • 6.9K
    SHARES
  • श्रावण १५, २०७७ बिहीबार

    एजेन्सी । भारतीय टेलिभिजन सेलिब्रिटी अर्थात हिन्दी टेलिसिरियलकी अभिनेत्री एवं विग बोस–४ कि विजेता श्वेता तिवारीकी छोरी पलक तिवारी बलिउडमा प्रवेश गर्दैछिन ।

    अभिनेता सुरेश ओबरायका छोरा बिवेक ओबरायले फिल्म निर्माण क्षेत्रमा हात हाल्ने निर्णय गरेसंगै यस्तो खुलासा भएको हो ।

    विशाल मिश्राले निर्देशन गर्न लागेको बिवेकको पहिलो फिल्म ‘रोजी’ मा पलक नायिकाको भूमिकामा रहने पक्का पक्की भएको हो ।

    बलिउडका चर्चित फिल्म निर्माता प्रेरणा अरोडासंग मिलेर बिवेक ओबरायले फिल्म बनाउन लागेका हुन ।

    फिल्म ‘रोजी’ मा अनुबन्ध भएको खुलासा भएसंगै सोसल मिडियामा अधिक सक्रिय रहने बानी परेकी श्वेता पुत्री पलकका तस्विरहरु अहिले भाइरल बनेका छन ।

    खासगरी इन्स्टाग्राममा आफ्ना फोटोहरु शेयर गर्ने पलकका फ्यान फलोइङ पनि ह्वात्तै बढेको छ ।

    सन २००० को अक्टोबर ८ मा मुम्बइमा जन्मिएकी पलकका पिता राजा चौधरी हुन, जसको पत्नी श्वेता तिवारीसंग सम्बन्ध विच्छेद भैसकेको छ ।

     

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार