बुधबार, भाद्र ३ गते २०८३
images

अरुको चर्चा-परिचर्चा गरिरहनेहरू आफ्नो शक्ति त्यसै खेर फाल्दछन

  • 3.8K
    SHARES
  • मंसिर ८, २०७६ आइतबार

    विलियम शेक्सपियर (२६ अप्रिल १५६४ - २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ । हामीलाई थाहा छ हामीले बोल्ने अधिकांस भनाइहरु हाम्रो दैनिक भोगाई र काम गराईमा सुहाउँदो हुन्छ । केहि दार्शनिक,केहि विश्लेषक त केहि बैज्ञानिक तथा धर्मग्रन्थमा भएका महावाणीले हाम्रो जीवन नै परिवर्तन गरिदिन्छ ।

    आउनुहोस् ति महावाणी पढौं

    • चरित्र जीवनको गहना हो।
    • अरुको चर्चा-परिचर्चा गरिरहनेहरू आफ्नो शक्ति त्यसै खेर फाल्दछन।
    • जीवन एक गतिशील छाँया मात्र हो।
    • झुटो बोल्नेलाई अरुले विश्वास गर्दैनन् भन्ने होइन कि ऊ स्वयं नै कसैलाई विश्वास गर्न सक्दैन।
    • पापले यति साहसी बनाउंदैन,जति दयाले बनाउदछ।
    • दुखको मधुर पियूष दर्शन हो।
    • दुखको एकक्षण पनि निकै लामो समयजस्तो लाग्छ।
    • हाम्रा दोषहरु हाम्रा ग्रन्थहरुमा छैनन् , प्रिय ति दोष हामी भित्र छन् , त्यसैले हामी दुखि छौ।
    • तिमि रुख हो,पति मेर,म लहरा हुँ,बेह्रिने त्यसमा।
    • तिमि हिउँ जस्तो पवित्र र कन्चन हौ तिमीले कसैको निन्दाबाट डराउनु पर्दैन।
    • पछुतो हृदयको बेदना हो र निर्मल जिवनको उदय हो।
    • गहिरो नदीमा पानी बिस्तारै-बिस्तारै बग्दछ।
    • मेरो पुस्तकालयमा तिमि आउ,अनि तिम्रो रुचिको बिषय छानेर पढ र आफ्नो दुखलाई भुल।
    • बदलाको भाव साहस होइन तर त्यसलाई सहनु साहस हो।
    • बिचारमा तिमि जति महान् छौ . व्यवहारमा त्योभन्दा महान बन्न सिक।
    • आफुले आँफैलाई विचारहरुको बन्दीगृह नबनाउ।
    • संसारमा न केहि असल छ न खराब छ , केवल हाम्रो विचारले नै त्यसलाई असल र खराव बनाइदिन्छौ।
    • कुमारीहरु पति सिवाय केहि चाहान्दैनन , तब पति पाउँछन् अनि हरेक कुरो चाहन्छन।
    • हतारमा गरिएको विवाह प्राय असन्तोषजनक हुन्छ।
    • विवेक बहादुरीको उत्तम भाग हो।
    • आफ्नो विवेकलाई आफ्नै शिक्षक बनाऊ,शब्दलाई कामसँग र धर्मलाई शब्दसंग मेल गराऊ।
    • विपत्तिमा सबै करुणा दया र शान्तिको कुरा गर्छन।
    • प्रेम सबैमाथि गर,विश्वास केहि माथि गर,तर नराम्रो कसैलाई नगर।
    • तिम्रो बुद्दी नै तिम्रो गुरु हो।
    • जसरी एउटा सानो बत्तिको प्रकाश धेरै टाढासम्म फैलिन्छ , त्यसैगरी यस संसारमा भलाई धेरै टाढासम्म चम्कन्छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार